सुचनाहरु:

यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ ।     ✪ मासिक रुपमा बुझाउनु पर्ने अनिवार्य बचत प्रत्येक महिनाको पहिलो हप्ता भित्र संस्थामा रहेको आफ्नो बचत खातामा जम्मा गर्नुहुन सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।       ✪ Hamro Smart Banking Mobile App प्रयोग गरि बिना झन्भट आफ्नो कुनै पनि बैंकको खातामा भएको रकम बिभिन्न माध्यम प्रयोग गरि सहकारीमा भएको आफ्नो बचत खातामा पैसा जम्मा गर्नुहोस ।

पृष्ठभूमि

पृष्ठभूमि

बैंक, वित्तीय, सहकारी तथा ब्यवसायीक क्षेत्रमा बिगत लामो समय देखि अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका बैंकिङ्ग पहुँच बिहिन सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्ने उद्देश्यका साथ एउटा सबल, सक्षम र प्रविधियुक्त ससक्त बहुउद्देश्यीय सहकारी संस्था गठन गरि आर्थिक रुपमा पारदर्शिताकासाथ सञ्चालनमा ल्याउने उद्देश्यले सस सहकारी संस्थाको उदय भएको हो ।

परिचय

यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ । हामि गर्छौं सबैका लागि, सधैंका लागि भन्ने मूल नाराका साथ लुम्विनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी बिभाग बुटवलमा दर्ता नं. २५(२०७७/०७८) बाट दर्ता भई बुटवल उपमहानगरपालिका वडा नं. ११ मा केन्द्रिय कार्यालय स्थापना गरि सेवा सुभारम्भ गरेको छ । यस संस्थाको जारी पूँजी रु दश करोड रहेको छ जसलाई क्रमशः चुक्ता गर्दै लगिनेछ । यस संस्थाले अत्याधुनिक प्रबिधि प्रयोग गरि सदस्यहरुलाई आधुनिक सहकारी सेवा प्रदान गर्दै सबैको मन मनमा बस्ने सहकारीको रुपमा अगाडी बढ्ने दृढ योजना रहेको छ । जसमा कार्यक्षेत्र भित्रका सबै जिल्लाका सामाजिक तथा आर्थिक बिकासका निम्ति भूमिका निर्वाह गर्न सक्षम व्यक्तिहरुको उपस्थिति रहेको छ ।

उद्देश्य

यस सहकारी संस्थाले लुम्बिनी प्रदेश भित्रका ६ वटा जिल्ला समेट्ने गरि उक्त क्षेत्रमा रहेका अति निम्न, निम्न र मध्यम वर्गलाई समेटी आर्थिक पहुँचबाट टाढा रहेका सदस्यहरुका लागि आर्थिक बिकास गर्दै सेवामुलक व्यवसाय सञ्चालनमा तथा व्यवसायिकता समेत बृद्धि गर्नका निम्ति संस्थाले अहं भुमिका निर्वाह गर्नेछ ।

विशेषता
विशेषता

विशेषता

यस संस्थाले बिपन्न वर्ग तथा बैंकिङ्ग पहुँचमा नपुगेका सदस्यहरुलाई लघुवित्त कार्यक्रम अन्तर्गत संगठित गर्दै आधुनिक प्रबिधियुक्त र दक्ष जनशक्तिहरुको उपयोग गरि आर्थिक तथा सामाजिक बिकास गर्दै जानेछ ।

विशेषता
लक्ष्य
लक्ष्य
लक्ष्य

लक्ष्य

बिभिन्न समुदायमा रहेका सदस्यहरुको आर्थिक रुचि, चाहना, भावना तथा आवस्यक्ता पुरा गरि आर्थिक रुपमा सवल र सक्षम समाजको निर्माण गरि सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दौ जाने लक्ष्य रहेको छ ।

रणनिती
रणनिती

रणनिती

यस संस्थाले प्रादेशिक संरचना बमोजिम लुम्बिनी प्रदेशका ६ जिल्लाहरुलाई कार्यक्षेत्र निर्धारण गरि सो जिल्लाहरुमा सदस्य सेवा केन्द्र विस्तार गरि अति, निम्न र मध्यम वर्गका महिला तथा पुरुषहरुलाई समान सहभागिताको अवधारणालाई बिकास गरि निजहरुको आर्थिक बिकास तथा सेवा मुलक व्यवसाय सञ्चालन गर्न, दक्ष जनशक्ति निर्माण गर्न तथा स्व–व्यवसाय सञ्चालनमा आर्थिक सहयोग प्रदान गर्ने साझेदारको रुपमा अगाडी बढि रहनेछ ।

रणनिती