सुचनाहरु:

यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ ।     ✪ मासिक रुपमा बुझाउनु पर्ने अनिवार्य बचत प्रत्येक महिनाको पहिलो हप्ता भित्र संस्थामा रहेको आफ्नो बचत खातामा जम्मा गर्नुहुन सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।       ✪ Hamro Smart Banking Mobile App प्रयोग गरि बिना झन्भट आफ्नो कुनै पनि बैंकको खातामा भएको रकम बिभिन्न माध्यम प्रयोग गरि सहकारीमा भएको आफ्नो बचत खातामा पैसा जम्मा गर्नुहोस ।

अध्यक्षको भनाई
अध्यक्षको भनाई
अध्यक्षको भनाई

अध्यक्षको भनाई

हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मिति २०७८/०३/३० गते १४४ जनाको प्रारम्भिक शेयर सदस्यहरुको संलग्नता र ईच्छा तथा भरोसाका कारण बिधिवत रुपमा जन्म सम्भव भएको हो । यस लुम्बिनी प्रदेशका स्थानियहरुलाई आधुनिक सहकारीताको माध्ययमबाट एकताबद्ध गरि आर्थिक कृयाकलापहरुमा प्रोत्साहित गर्ने उद्देश्यले संस्थाको स्थापना भएको हो ।
वित्तीय कारोवारमा बैंक तथा वित्तीय संस्थाहरुको सेवाबाट बन्चित रहेका स्थानियहरुलाई सदस्यको रुपमा संस्थामा सहभागी गराउँदै सहकारीताको आधारमा छरिएर रहेका स-साना बचतहरुलाई संकलन गरि सदस्यहरुलाई व्यवसायिक क्षमताको आधारमा कर्जा प्रवाह गरि आर्थिक सामजिक र सांस्कृतिक रुपमा सबल र सक्षम बनाई सहकारी सिद्धान्त द्वारा निर्देशित एक सशक्त वित्तीय संस्था हुने परिकल्पना र दृष्टिकोणका साथै राज्यमा देखिएका गरिबी तथा बेरोजगारी समस्या केही मात्रामा भए पनि समाधानमा टेवा पुर्याउने अभिप्रायले लघुवित्त कार्यक्रम सञ्चालन गरि महिला तथा पुरुष सदस्यहरुका लागि आर्थिक विकास गर्दै सेवामुलक व्यवसाय सञ्चालनमा तथा व्यवसायिकता समेत अभिबृद्धि गर्नका निम्ति “हामि गर्छौं सबैका लागि, सधैंका लागि” भन्ने मुल नाराका साथ यो संस्थाको उदय भएको हो ।

धन्यवाद ! जय सहकारी !!

बालकृष्ण पाण्डेय
     अध्यक्ष