सुचनाहरु:

यस सहकारी संस्थाको कार्यक्षेत्र लुम्विनी प्रदेशका ६ जिल्लाहरु (नवलपरासी (व.सु.प), रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया) रहेको छ ।     ✪ मासिक रुपमा बुझाउनु पर्ने अनिवार्य बचत प्रत्येक महिनाको पहिलो हप्ता भित्र संस्थामा रहेको आफ्नो बचत खातामा जम्मा गर्नुहुन सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।       ✪ Hamro Smart Banking Mobile App प्रयोग गरि बिना झन्भट आफ्नो कुनै पनि बैंकको खातामा भएको रकम बिभिन्न माध्यम प्रयोग गरि सहकारीमा भएको आफ्नो बचत खातामा पैसा जम्मा गर्नुहोस ।

कर्जा योजना

कर्जा योजना

संस्थामा आवद्ध सदस्यहरुका लागि संस्थाले निम्न प्रकारका कर्जा योजनाहरु ल्याएको छ ।

कर्जाहरु विवरण व्याजदर
साधारण कर्जा संस्थाका सदस्यहरुले आफ्नो व्यक्तिगत तथा पारिवारिक आवस्यक्ता पुरा गर्नका लागि यो कर्जा माग गर्न सकिने । १४.००%
आवास कर्जा आफ्नो घर निर्माण, खरिद, मर्मत तथा जग्गा खरिदका लागि संस्थाका सदस्यहरुले यो कर्जा माग गर्न सकिने । १४.००%
कृषी कर्जा ब्यवसायिक रुपमा सञ्चालन गरिरहेका संस्थाका सदस्यहरुले आफ्नो कृषी व्यवसायलाई बृद्धि गर्नका लागि यो कर्जा माग गर्न सकिने । १४.००%
हायर पर्चेज कर्जा ब्यवसायीक वा ब्यक्तिगत रुपमा प्रयोग गर्नका लागि आवस्यक सवारी साधन खरिद गर्न सदस्यहरुले यो कर्जा माग गर्न सकिने ।  १४.००%
शेयर/बचत कर्जा

आकस्मिक रुपमा आईपर्ने ब्यक्तिगत तथा पारिवारिक समस्याहरुलाई समाधान गर्नका लागि सदस्यहरुले यो कर्जा माग गर्न सकिने । 

१२.००%
समुह कर्जा बैंकिङ्ग पहुँचमा नपुगेका महिलाहरुको समुहमा आवद्ध सदस्यहरुले यो कर्जा माग गर्न सकिने । १६.००%
मौसमी कर्जा समुहमा आवद्ध सदस्यहरुले मौसमी बाली खेती गर्नका लागि आवस्यक पर्ने रकमका लागि यो कर्जा माग गर्न सकिने । १६.००%
आकस्मिक कर्जा आकस्मिक रुपमा आईपर्ने समस्याहरुलाई समाधान गर्नका लागि समुहमा आवद्ध सदस्यहरुले यो कर्जा माग गर्न सकिने । १५.००%
लघुउद्यम कर्जा संस्थामा आवद्ध भई नियमित बचत गरिरहेका तथा ब्यवसाय सञ्चालन गरि रहेका सदस्यहरुले समुह बनाई ब्यापार ब्यवसाय बृद्धिका लागि यो कर्जा माग गर्न सकिने । १६.००%
मुद्दती रसिद धितो कर्जा आवधिक बचतमा जम्मा गरेको रकम आकस्मिक रुपमा आवस्यक्ता पर्दा सो बचतलाई कर्जाको रुपमा प्रयोग गर्न सकिने । +२%

शर्तहरु लागु हुनेछन ।