मोवाईल बैकिङ्ग सेवा
मोवाईल बैकिङ्ग सेवा
संस्थाले सदस्यहरुको सुबिधालाई मध्यनजर गर्दै Hamro Smart Banking सेवा सञ्चालनमा ल्याएको छ । सदस्यहरुलाई उनिहरुको खाता सम्म पहुँच पुर्याउन, खताहरुको बारेमा जानकारी प्रदान गर्न तथा मोवाईल बाटै वित्तीय सेवा प्रदान गर्नका लागि संस्थाले मोवाईल बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
हाम्रो स्मार्ट बैकिङ्ग सेवाको बिशेषताहरु :
१. खाताहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने ।
२. मिनि स्टेटमेन्ट हेर्न सकिने ।
३. कर्जा, बचत तथा शेयरको बारेमा जानकारी प्राप्त गर्न सकिने ।
४. मोवाईल रिचार्ज तथा टेलिफोन र ईन्टरनेटको बिल भुक्तानी गर्न सकिने ।
५. बिजुली, खानेपानी र टिभी आदिको बिल भुक्तानी गर्न सकिने ।
६. हवाईजहाज, बस टिकट तथा अन्य ई–टिकटको भुक्तानी गर्न सकिने ।
७. ईन्स्योरेन्स तथा अन्य व्यापारिक भुक्तानी गर्न सकिने ।
८. बिभिन्न वालेट लोड गर्न सकिने ।
९. चेक अनुरोध तथा रद्द गर्न सकिने ।
१०. कुनै पनि बैंकमा रकम रकमान्तर गर्न सकिने । ११. कुनै पनि बैंक खाताको पैसा सहकारी खातामा सजिलै स्थानान्तरण गर्न सकिने ।
यि बिशेषताहरु सहित हाल Hamro Smart Banking सेवा संस्थाले सञ्चालनमा ल्याएको र भविस्यमा अन्य सेवाहरु पनि थप गर्दै जानेछ ।